धेरैजसो पुरुषहरु
महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा
रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने
गर्छन ।तर, युवतिहरू पुरुषप्रति सजिलै र सिधा रुपमा प्रेमको
अभिव्यक्ति भने गर्दैनन् । त्यसोभए युवतीले आफुलाई मन पराइरहेकी छिन भन्ने कसरी
थाहा पाउने त ? मनोविज्ञहरुले केही यस्ता लक्षण खुट्याएका छन्, जसले कोही युवति
युवकप्रति नतमस्तक भएको संकेत गर्छ । यस्ता छन, ती १० लक्षण :
१. कुनै युवतीले
तपाइको मोबाइल म्यासेज, इमेल, ट्वीट तथा फेसबुक
म्यासेजको तत्कालै जवाफ दिन्छिन्, कललाई बेवास्ता
गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस्
उनको मन पग्लिसकेको छ ।
२. उनका साथीले पनि
तपाईलाई साथी बनाउन थाले भने बुझुनुस केही विशेष हुँदैछ । यदि कुनै युवतीले तपाइँलाई
मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती युवतीका साथीहरुले
पनि तपाइँलाई साथी बनाउन थाल्छन् ।
३. तपाइलाई कोही
राम्रो मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाइजस्तै छ भन्छिन भने ढुक्क
हुनुस त्यो अरुको बहाना बनाएर तपाइकै प्रशंसा गरेको हो ।
४.उनले तपाइका भूपु
प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । तर उनले ती भुपु प्रेमिकाहरुलाई
गाली गर्छिन र भन्छिन्, ‘उनीहरु नभएकाले
तपाइलाई असाध्यै राम्रो भयो ।’ यसको अर्थ हो उनी नै
तपाइकी प्रेमिका बन्न तयार भइसकिन ।
५. तपाइको जन्मदिन
होस वा कुनै उपलब्धि तपाइभन्दा उनी बढी खुशी भएको जस्तो लाग्यो भने थाहा पाउनुहोस्
उनले तपाइको खुशीलाई नै आफ्नो खुशी ठान्न थालिसकिन् । त्यति मात्रै होइन, तपाइको परिवारको
कसैको जन्मदिन वा पदोन्नति त्यसमा समेत उनले चासो राख्ने र खुशी व्यक्त गर्ने
गर्छिन ।
६. बाटोमा वा
रेष्टुरेन्टमा नै किन नहोस उनी तपाइसँग निकै नजिक आउछिन् र हात समाउन खोज्छिन् भने
बुझ्नुस तपाइलाई भेट्न नपाउँदा उनी खुबै तड्पिन्छिन् ।
७. तपाइले जतिसुकै
बेला फोन गर्नुभयो भने पनि रिसिभ गर्छिन र भोलि बिहान छिट्टै उठ्नुपर्ने छ भने पनि
रातभर तपाइसँग फोनमा कुरा गर्न तयार हुन्छिन् भने त्यसको संकेत हो उनले तपाइलाई
माया गर्न थालिन ।
८. तपाइ तनाव तथा
चिन्तामा रहेको थाहा पाउँदा उनी आफू बढी चिन्तित हुन्छिन र तपाइको मुहारमा खुसी
ल्याउन सबै उपाय लाउछिन भने ढुक्क हुनुस अब उनी तपाइकै हुन् ।
९. यदि उनीसँग भेट्ने
योजना बनाउनुभयो भने तपाइले भेट्ने भनेको ठाउँमा आउनुहुन्छ की आउनुहुन्न भनेर पटक
पटक यकिन गर्छिन र पाँच मिनेट अगाडि मात्र भेट्ने कुरा थाहा पाइन भने पनि सकेसम्म
राम्रो ड्रेसमा सजिएर आउँछिन । तपाइलाई खुसी पार्न उनले ड्रेसमा कुनै कम्प्रोमाइज
गर्दिनन् भने बुझनुस उनको खुशी नै तपाई हो ।
१०. यदि तपाइले अरु
कुनै केटीको तारिफ गर्नुभयो र कुनै अर्थमा राम्रोभन्नुभयो भने उनको मुहारको भाव
तत्कालै विग्रिन्छ । उनले त्यसपछि तपाइलाई लेक्चर सुनाउन थाल्छिन् र विभिन्न
उदाहरण प्रस्तुत गरेर तपाइले भनेकी केटी खराब हो भन्ने पुष्टि गरेरै छाड्छिन् भने
थाहा पाउनुस् उनी तपाइको मुखबाट उनीबाहेक अरुको प्रशंशा सुन्न चाहन्नन् ।

0 comments: