Sunday, November 18, 2018

खाना खाए लगत्तै गर्नु हुँदैन यी ७ काम____________



काठमाडौँ । हामीले खानापानको बारेमा धेरै सुनेका छौँ । तर, के तपाईले खाना खाए लगत्तै केके गर्नबाट बच्नुपर्छ भन्नेबारे कहिल्यै सोच्नु भएको छ ? धेरैजसोलाई थाहा हुनसक्छ, तर पनि त्यसप्रति खासै ध्यान दिइरहेका हुँदैनौ । सुन्दा सामान्य लाग्ने तर यसको दीर्घकालिन प्रभाव असामान्य हुन्छ । तपाई खानामा षौष्टिक र राम्रो खानुहुन्छ, तर त्यो खाना शरीरमा नलागेमा नखाए बराबर हुन्छ । यदी तपाई आफूले खाएको खाना शरीरमा राम्ररी लागोस् भन्न चाहानुहुन्छ भने तपाईले केही बानीमा सुधार ल्याउनुपर्छ । खाना खाने वित्तिकै स्वास्थ्यलाई असर पार्ने यस्ता क्रियाहरु नगर्नुहोस् ।

धुम्रपान गर्नु
धुम्रपान स्वास्थ्यका लागि त्यसै पनि हानिकार हुन्छ । विशेषज्ञका अनुसार, खाना खाएपछि तुरुन्तै धम्रपान गर्नाले पाचन प्रक्रियामा समस्या आउन सक्छ । रोचक कुरा के छ भने, धुम्रपान गर्ने बानी भएका व्यक्तिमा खाना खाएपछि नै चुरोट पिउने वा सुर्तीको बढी तलतल लाग्ने हुन्छ । तर, यस्तो गर्नबाट बच्नुपर्छ । खाना खाए लगत्तै धुम्रपान गर्नाले ग्यास्ट्रिक र एसिडिटी समस्या हुनसक्छ ।

फलफुल खानु
यदी तपाई खानासँगै फलफुल खानुहुन्छ भने आमाशयमा अड्किने सम्भावना हुन्छ, जसले गर्दा सही समयमा आन्द्रामा पुग्न पाउँदैन । यसले पेटमा खानालाई दुषित बनाउँछ । त्यसैले, खाना खाएपछि कम्तिमा एक घण्टापछि वा पहिले नै फल खाने सल्लाह दिइन्छ । बिहान खाली पेटमा फलफुलको सेवन गर्नु सबैभन्दा उत्तम मानिन्छ, जसले दिउसो भरी ऊर्जा दिन्छ ।

चिया वा कफी पिउनु
खाने खाए लगत्तै चिया पिउनुहुँदैन । चियाको पत्तीमा रहेको एसिडले खानामा पाइने प्रोटिनलाई नोक्सान पुर्याउँछ । जसका कारण खाना पचाउनमा समस्या उत्पन्न हुन्छ । खाना खाएको एक घण्टा पछि चिया पिउनु राम्रो मानिन्छ ।

बेल्ट खुकुलो बनाउनु
यदी तपाई निक्कै भोक लागेमा वा स्वादिष्ट खाना देखेपछि आफ्नो बेल्ट खुकुलो बनाउनुहुन्छ र मन भरिने गरी खानुहुन्छ भने यसले पनि स्वास्थ्यमा असर पुर्याउछ । खाना खाने समयमा बेल्ट लुज बनाउँनु हुँदैन । यसो गर्नाले आन्द्रा ब्लक हुने र खाना बढी खाइने हुन्छ । जसले गर्दा असहज महशुस हुन्छ । अत्यन्तै भोक लागेको बेला थोरै कम खानुपर्छ भनिन्छ ।

नहाउनु
खाना खाएपछि लगत्तै नुहाउँनु हुँदैन । यसो गर्नाले हात, खुट्टा र शरीरमा रगतमा प्रवाह बढेर जान्छ । यस्तो अवस्थामा पटेको सबैतिर रगतको मात्रा कम हुन जान्छ । जसले गर्दा पाचन प्रणाली खराब बन्छ ।

हिड्नु
हिड्नु स्वास्थ्यका लागि फलदायी हुन्छ, तर खाना खाए लगत्तै हिड्नु हुँदैन । यसले अपचको समस्या हुनसक्छ । यद्यपी, खाना खाएको आधा घण्टापछि टहलिनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

तुरुन्तै सुत्न जानु
जो व्यक्ति खाना खाने बित्तिकै ओछ्यान लाग्छ, उसको खाना राम्ररी पच्न पाउँदैन । यसका कारण ग्यासको समस्या उत्पन्न हुनसक्छ र आन्द्रामा संक्रमण हुनसक्छ ।

Monday, June 4, 2018

ब्रस गर्दा दाँत चम्किलो भएन भने यसाे गर्नुस्.....


काठमाडौं । स्याउमा शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वहरू रहेका हुन्छन्। त्यसैले स्याउलाई स्वास्थ्यको लागि एकदम गुणकारी मानिन्छ ।
भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्व स्याउमा पाईन्छ। जसले डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।
 ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ । एनिमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।
नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ । स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।
शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युन सिस्टमलाई पनि राम्रो राख्छ ।
नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । त्यसैगरी नियमित स्याउको सेवनले कब्जीयतको समस्या पनि आउँदैन । नियमित सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने २५ तरिका

अक्सर हामी चाहन्छौं, लामो आयु बाँच्न पाइयोस् । हुन त जन्मपछि मृत्यु निश्चित छ । के भनिन्छ भने, जन्मदै हामीले मृत्यु पनि लिएर आएका हुन्छौं । अतः कति अवधी बाँच्ने भन्ने कुरा पनि जन्मदै तय हुन्छ ।
तर, विभिन्न कारणले हामी पूर्ण आयु बाँच्न पाइरहेका छैनौं । जति अवधी बाँचेका छौं, त्यो पनि रोग र शोकमा बाचिरहेका छौं । गौतम बुद्धको भनाईको सार छ, ‘जीवनभर निरोगी रहनु आफैमा उपहार हो । रोगी भएर बाँच्नु निकै दुखदायी कुरा हो । त्यस्तो जीवन मरेतुल्य हुन्छ ।’
सकेसम्म हामी लामो आयु नै बाँच्न खोज्छौं । र, बाँचुञ्जेल निरोगी रहन चाहन्छौं । तर, कसरी निरोगी जीवन बाँच्ने ? कसरी लामो आयु बाँच्ने ?
यसमा धेरै हदसम्म हामी आफै जिम्मेवार छौं । हामीले स्वस्थ्य, सन्तुलित र अनुशासित दिनचर्या अपनाएर लामो आयु पाउन सक्छौं । जीवनभर निरोगी रहन सक्छौं ।
१. चिया पिउन थाल्नुहोस्
चियामा पोलिफेनियोस नामको एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईलाई मुटु रोग, क्यान्सर र चाँडै नै बुढ्यौली लाग्ने समस्याबाट लड्न मद्धत गर्छ । एक इजरायली अध्ययनका अनुसार चिया नपिउने मानिसहरु भन्दा चिया पिउने मानिसहरु बढि बाँच्छन् ।
२. प्रत्येक विहान एक खुट्टामा उभिनुहोस्
यो अनौठो लाग्न सक्छ तर विहान पालैपालो एक खुट्टामा एकै छिन उभिनाले तपाईको शरीरलाई सन्तुलनमा राख्ने मात्रै नभइ तपाईको मेरुदण्डलाई सहयोग गर्ने ढाड, पेट र पेल्भिक मांसपेशीलाई बलियो बनाउँछ ।
३. हप्तामा कम्तीमा दुईपटक सेक्स गर्नुहोस
वेल्समा गरिएको एक अध्ययन अनुसार महिनामा हप्तामा दुईपटक भन्दा धेरै सेक्स गर्ने मानिस भन्दा महिनामा एक पटक भन्दा कम सेक्स गर्ने मानिसको छिटो मृत्यु हुने जोखिम बढी हुन्छ ।
स्वस्थ सेक्स लाइफ भएका जोडीहरुलाई सात वर्ष कम उमेरको देख्न सकिन्छ किनभने सेक्सले तनावमुक्त बनाउँछ र निन्द्रा राम्रो हुन्छ ।
४. दैनिक तीन ओखर खानुहोस्
ओखर सबैभन्दा स्वस्थ बदाम हो किनभने त्यसमा रोग प्रतिरोधी र बुढ्यौली नलाग्ने एन्टी अक्सिडेन्टहरु पाइन्छ । दैनिक तीन ओखर खाएमा तपाईलाई धेरै फाइदा गर्छ ।
५. सनस्क्रिनको प्रयोग कम गर्नुहोस्
सूर्यको प्रकाशबाट पाइने भिटामिन डीले तपाईलाई मुटुको रोग, ओस्टियो पोरोसिस र क्यान्सरको रोगबाट बचाउँछ । त्यसैले तपाईको भिटामिन डि लेभललाई छालाको क्यान्सरको जोखिम नभइकन बढाउन दिनमा केही मिनेट सनस्कि्रन कि्रम नलगाइकन हिड्ने गर्नुहोस् । तर, तपाई यो कुरामा निश्चित हुनुहोस कि तपाई घामले डढ्नुभएको छैन ।
६. विश्वासिला छ जना साथी बनाउनुहोस्
कसैसँग राम्रो मित्रता बनाएर पारिवारिक बन्धनमा बाँधिनाले तपाईलाई १०० वर्ष बाँच्न सहयोग गर्छ । साथीहरुले तपाईलाई भावनात्मक सहायता गर्छन जसले तनावसँग लड्न सहयोग गर्छ । साथी बनाउनाले केमिकल डोपामाइन र अक्सिटोकिनको उत्पादन बढ्छ जसले मस्तिस्कको विकास गराउँछ र बुढ्यौलीबाट लड्न सहयोग गर्छ । एक अध्ययन अनुसार हामीले बढीमा ६ जनासम्म साथीहरु बनाउन पर्छ ।
७. ८० प्रतिशत अघाएपछि खाना खान छोड्नुहोस्
खाना खाँदा अघाउन्जेल खाने हाम्रो बानी हुन्छ तर, अध्ययनका अनुसार तपाई ८० प्रतिशत अघाए पछि खाना खान छोड्नुहोस । यसले तपाईलाई लामो आयु बाँच्नको साथै स्वस्थ तौल कायम र तनाव कम गर्न सघाउँछ ।
८. एक घन्टा अगाडी नै सुत्न जानुहोस्
एक अध्ययनका अनुसार अनिन्द्राको कारणले तपाईलाई डिप्रेशन र मुटुको रोग जस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ । र, सानो परिवर्तनले यसमा धेरै फरक पार्छ ।
हावार्ड बिजनेस स्कूलले गरेको अध्ययन अनुसार सात घन्टा वा त्यसभन्दा कमी सुत्ने मानिसमा ब्लडप्रेसरको समस्या हुने पाइएको छ जसले हर्टअट्याक र स्ट्रोकको समस्या हुन सक्छ ।
९. हरेक राती ब्रस गर्नुहोस्
डेन्टि्स्टका अनुसार दाँत र गिजाको रोग धेरै नै ठूलो समस्या हो । पछिल्ला १० वर्षमा गिजाको समस्याको कारणले मुटु रोग, मधुमेह र केहि किसिमका क्यान्सर जस्ता स्वास्थ्य समस्याको जोखिम बढाएको पाइएको छ ।
१०. होसियार बन्नुहोस्
अमेरिकी मनोविज्ञ होवार्ड फ्रेडम्यानको अध्ययन अनुसार मानिसको दिघार्युको लागि मानिस धेरै होसियार हुनु पर्छ । पैसा, चिन्तन र अन्य स-साना कुराको ख्याल राख्ने र हरेक कुरालाई आफ्नो उचित स्थानमा राख्ने मानिस लामो समयसम्म बाँच्न सक्छन् ।
११. घरपालुवा जनावर राख्नुहोस् विशेषगरि कुकुर
एक अध्ययनको अनुसार कुकुर पालेका मानिसहरु तनावमुक्त हुन्छन् र डिप्रेशनमा खासै जाँदैनन् त्यसैले लामो समय बाँच्न सक्छन् । घरपालुवा जनावर पालेमा तपाईको ब्लडप्रेसर कम हुन्छ जसले तपाईलाई मुटुरोग लाग्न बाट बचाउँछ ।
१२. फलफूल फ्रिजमा नराख्नुहोस्
तपाईले सोच्नुभएको होला, फ्रिजमा फलफूल राखेमा धेरै समयको लागि ताजा हुन्छ । तर, फ्रिजमा चिसो बनाइएको फलफूलमा फ्रिजमा बाहिर राखिएको फलफूलमा भन्दा कम पोषक तत्वहरु हुन्छन् ।
१३. अरुलाई सहयोग गर्नुहोस्
अरुलाई सहयोग गर्ने बानीले आत्मसन्तुष्टि मात्रै प्रदान गर्दैन, त्यसले तपाईको स्वास्थ्यमा समेत सहयोग गर्छ । अमेरिकामा गरिएको एक अध्ययन अरुलाई सहयोग गर्ने मानिस लामो समयसम्म बाँचेको पाइएको छ । सहयोगी मानिसहरु डिप्रेशन वा अन्य सामान्य स्वास्थ्य समस्याको जोखिममा कमै पर्ने गरेका छन् ।
१४. नुहाउँदा गीत गुन्गुनाउनुहोस्
नियमित रुपमा गीत गुन्गुनाउनु पनि स्वास्थ्यको लागि धेरै राम्रो हुने अध्ययनहरुले देखाएका छन् । गीत गुन्गुनाउने बानीले मानिसको आयु बढ्न सक्छ किनभने गित गुन्गुनाउँदा तनाव कम हुन्छ । यसले मुटु स्वस्थ रहन पनि मद्धत गर्छ र डिप्रेसनको समस्या हुँदैन ।
१५. फलफूल र सागसब्जी धेरै खानुहोस्
युरोपियन हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार फलफूल र सागसब्जी धेरै खाने मानिसहरुकोस्वास्थ्य राम्रो हुन्छ र उनीहरुलाई मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ । फलफूल भिटामिन र एन्टिअक्सिडेन्टले भरपुर हुन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ र छिट्टै बुढ्यौली लाग्न दिँदैन ।
१६. गनगन गर्ने बानी छोडिदिनुहोस्
आशावादी मानिसहरु निराशावादी मानिस भन्दा १२ वर्षसम्म धेरै बाँच्ने कुरा अमेरिकी अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । त्यसैगरि निराशावादी मानिसमा विभिन्न भाइरल रोग लाग्ने र ब्रेस्ट वा छालाको क्यान्सर हुने सम्भावना धेरै हुने पाइएको छ ।
१७. स्याउको जुस धेरै खाने गर्नुहोस्
जर्नल अफ अल्जाइमर डिजिजमा प्रकाशित अध्ययनका अनुसार स्याउको जुसले मस्तिस्कलाई धेरै नै युवाअवस्थामा राख्छ । मानसिक समस्याका बिरामीहरुलाई दैनिक दुई गिलास स्याउको जुस पिएमा राम्रो हुन्छ ।
१८. परिवारको वंशचित्र बनाउनुहोस र इतिहास बुझ्नुहोस्
आफ्नो परिवारको स्वास्थ्य इतिहास पत्ता लगाउनुभयो भने तपाईले आफ्नो स्वास्थ्यको भविष्य पत्ता लगाउन सक्नुहुन्छ र किनभने धेरै जसो अवस्थामा रोगको वंशाणुगत सम्बन्ध हुन सक्छ ।
९. टिभी कम हेर्नुहोस्
अमेरिकी नेशनल क्यान्सर इन्स्िटच्युटका अनुसार २५ वर्षको उमेरमा तपाईले एक घन्टा टिभी हेर्नुभयो भने आफ्नो आयुको २० मिनेट कम गर्नुहुन्छ । तपाईले जति धेरै समय बसेर टिभी हेर्नुहुन्छ तपाईको शरीरका मांसपेशीहरुको कसरत हुँदैन र क्यालोरी बर्न हुँदैन । जसले तपाईलाई रोग लाग्ने सम्भावना बढाउँछ र आयु छोट्याउन सक्छ ।
२०. नियमित स्वास्थ्य परिक्षण गर्नुहोस्
तपाईले नियमित स्वास्थ्य परिक्षण गर्नुभयो भने मात्रै तपाईलाई रोग लागेको पहिले नै थाहा हुन्छ र तपाईले बेलैमा उपचार गर्न सक्नुहुन्छ ।
२१. तौल होइन कम्मरको नाप लिनुहोस्
वैज्ञानिकहरुले पत्ता लगाएअनुसार तपाईले तौल जोख्नेभन्दा पनि आफ्नो कम्मरको नाप लिनुभयो भने स्वास्थको स्थिती थाहा पाउन सक्नुहुन्छ । किनभने यसले शरीरको महत्वपूर्ण अंगको वरिपरि जम्मा भएको बोसो पत्ता लगाउँछ । पुरुषको कम्मर ९४ सेन्टी मिटर र महिला कम्मर ८० सेन्टिमिटर भन्दा कम हुनुपर्छ ।
२२. विवाह गर्नुहोस्
विवाहित पुरुषहरुको मुटुरोगबाट मृत्यु हुने सम्भावना विवाह नगरेका पुरुषको भन्दा तीन गुणा कम हुन्छ । त्यस्तै विवाहले महिलामा भने मुटु रोगबाट मृत्यु हुने सम्भावना आधा कम गर्छ ।
२३. दिनमा कम्तीमा पनि २० पटक हाँस्नुहोस्
हाँस्नु स्वास्थ्यको लागि धेरै नै रामो हो । यसले प्रतिरोधी प्रणाली राम्रो बनाउँछ, स्ट्रेस हार्मोनहरुलाई कम गर्छ र क्यान्सरबाट लड्न सहयोग गर्छ । ठूला मानिसहरुले दिनमा पाँचदेखि पन्ध्र पटकमात्रै हाँस्ने गर्छन त्यस्तै केटाकेटीले भने सयौं पटक हाँस्ने गर्छन् ।
२४. धुमपान त्यागिदिनुहोस्
फिनल्याण्डमा गरिएको एक अध्ययन अनुसार धुमपानले तपाईको आयु १० वर्षभन्दा धेरै छोट्याउनुको साथै तपाईको स्वास्थमा पनि समस्या ल्याउन सक्छ । त्यसैले धुमपान त्यागिदिनुहोस् ।
२५. केही कुरामा विश्वास गर्ने गर्नुहोस्
हजार भन्दा धेरै अध्ययनहरुका अनुसार विश्वास र लामो आयु बाँच्नुमा सम्बन्ध हुन्छ । केहि कुरामा विश्वास गर्नाले मानिसहरु तनाव र भावनात्मक समस्याहरुसँग लड्न सक्छन । त्यस्तै उनीहरुमा मुटुरोग, स्वासप्रस्वास र पाचन समस्याको जोखिम कम हुन्छ ।

Thursday, May 31, 2018

दादको लागि अचुक औषधी सयपत्रीको फुल! ७ दिनमा नै गाएब गर्नुहोस्.....

सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ। नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो।
दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ। प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दाद लै निकै फाइदा गर्छ। यो प्रकृया दिनमा २-३ पटक गर्दा झनै राम्रो हुन्छ। यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जानेछ। सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ। नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो।

Thursday, April 12, 2018

यस्तो खाने कुरा जसले बढाउछ तपाईको स्मरणशक्ति

उमेर ढल्कदै गएपछि कतिपय कुरा स्मरण गर्न गाह्रो हुन्छ । अर्थात हाम्रो स्मरण क्षमता कमजोर हुन्छ । सम्झनै पर्ने कतिपय कुरा पनि भुल्छौं । औषधी खान भुल्छौं । पारिवारिक हिसाब किताब भुल्छौं ।  ठिकठिक ढंगले कुनैपनि कार्य सम्पादन गर्न सक्दैनौ । कारण, हाम्रो स्मरण गर्ने क्षमतामा ह्रास आइदिन्छ । स्मरण क्षमता कमजोर हुँदा कतिपय कामहरु अस्तव्यस्त हुन पुग्छ । यसले मानसिक समस्या समेत पैदा गर्छ । आखिरमा त्यो डिप्रेसनसम्म पुग्न सक्छ ।

अब के गर्ने त ?
स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वस्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ । स्मरण शक्ति तेज हुन्छ । खराब जीवनशैलीलाई त्याग्नैपर्छ, स्मरण शक्ति ह्रास हुनबाट बचाउनका लागि ।
योग, ध्यान, प्राणायम यस्तो विधी हो, जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । त्यसैले योग, ध्यान र प्राणायमलाई दैनिक तालिकाभित्र समेट्नुपर्छ ।
अर्को विधी हो, खानपान ।
सामान्यत स्वस्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ ।
खानेकुराकोसेवन गर्नुस्, जसमा आवश्यक पोषण तत्व होस् । जसले मानिसको स्मरण शक्ति यसरी बढाओस् कि बुढेशकालसम्म पनि कुनै कुरा याद गर्न समस्या नहोस् । तर त्यसको लागि यस्ता खानेकुरा खान आवश्यक छ , जसमा याददाश बढाउने तथा स्मरण शक्ति बढाउने तत्व होस् ।
स्रण शक्ति बढाउने खानेकुरा  

ओख्खर
मस्तिष्क आकारको ओख्खरमा ओमेगा ३ फैटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सुचनाको आदानप्रदान राम्रोसित हुन्छ । जसका कारण ओख्खर खानाले दिमाग तेजिलो हुन्छ ।
माछा
मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगाा ३ फैटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्यक तेजिलो बनाउँछ ।
टमाटर
एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपूर टमाटरले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले दिमागलाई हानी पुर्‍याउँछ ।दैनिक टमाटरको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउमा पाइने टमाटरलाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।
ग्रीन टी
एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले सम्झना शक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउन निकै मत गर्छ ।
पालुङ्गो
पालुङ्गोमा पोटासियम हुन्छ ।  यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ  । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन तथा भिटामिन केपाइन्छजसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गो याददास बढाउनुका साथै क्याल्सियमको समेत राम्रो स्रोत हो ।
बदाम
बदाममा भिटामिन ३ प्रचुरमात्रामा पाइन्छ । यसले मस्तिष्कमा फाइदा पुर्‍याउँछ साथै याद दास बढाउन मद्दत गर्छ ।