Sunday, May 6, 2018

यी स्वभाव केटीसँग टाढै रहनुस्



भनिन्छ, एउटा सफल व्यक्तिको जीवनका पछाडि उसको जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं ।

अमेरीकी राष्ट्रपति वाराक ओवामाले उनकी आफ्नी श्रीमती मिचेल ओवामाको सहयोगकै कारण जिवन फेरीएको वताएका थिए । एक भारी वर्षातमा अमेरीकी समुदायसँग भाषण गरिरहेका ओवामाले त्यो समयमा आफ्नी श्रीमतीको ठुलो वयान गरे । उनी मात्रै हैन यो संसारमा त्यस्ता ठुला, धनाढ्य र गर्व गर्न लायक मानिसहरु छन् जो आफ्नो श्रीमती, प्रेमीकाको जिवन्त मायाँ र साथले ठुलो उपलव्धी हात पारीरहेका छन्, सवैले ठुलो उपलव्धी हात नपारेपनि निरन्तरता जिवनसंगिनी र प्रेमीकाको मायाँले जिवनलाई ह्याप्पी भने राखिरहेका छन् ।

भ्रखरै महानायक राजेश हमालले लामो समयको प्रेमसम्वन्धलाई विवाहमा परिणत गरे । विवाह पछि उनीहरुको जिवन निकै खुसीका साथ अघि वढेको हामीले फेसवुक र उनीहरुका गतिवीधीले देख्न सकिरहेका छौं । त्यसो त खतरनाक प्रेमीका वा श्रीमती पाएका त्यस्ता व्यक्तीहरुले आफ्नो जिवननै खत्तम पारेका उदाहरण पनि हामीले पाएकै छौं वरिपरी ।


एउटा भनाइ नै छ, ‘महान जीवनसाथी आफ्नो श्रीमानको दास बनेर उसलाई राजा बनाउँछे र आफु पनि रानी बन्छे । तर खराव जीवनसाथी आफ्नो श्रीमानमाथि शासन चलाउँछे र उसलाई नोकर बनाउँछे ।विज्ञहरुले गहिरो अध्ययन गरेर काम नै नलाग्ने खराव महिलाहरुको ९ आनीबानीहरु प्रकाशमा ल्याएका छन् ।

उनीहरुले पत्ता लगाएका यि ९ तथ्य सार्वजनिक गर्दै तत्काल यस्ता केटी र महिलाहरुबाट टाढा रहन सुझाव समेत दिएका छन् । दुई दम्पतीबीचको सम्बन्ध सुमधुर हुनबाट रोक्ने महिलाका यस्ता सात आनीबानीहरु टाइम्स अफ इन्डियाको सहयोगमा यहाँ प्रस्तुत गरेका छौं ।



१. आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृति :
केही महिलाहरु यस्ता हुन्छन, जो अरुको कुरा सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन । उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् । विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने तरिकाले प्रस्तुत भइन् भने उनीबाट तत्काल सतर्क हुनु पर्छ । किनकी यस्ता केटीहरु अरुलाई भेडा ठान्छन् र आफुलाई महान सम्झेर आफ्नो केटासाथीमाथि शासन गर्न तम्सिहाल्छन् ।


२. शंकालु केटी :
कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी विष्पोट हुन्छन् । यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन बाध्य पारिहाल्छन । उ को हो र किन उसँग कुरा गरेको भनेर । यति भनेर मात्र उनीहरुले तपाईलाई छाड्ने छैनन । तपाइले उसलाई कहाँ, के को सिलसिलामा चिनेको लगायत सबै कुरा सविस्तार भन्न हिच्किचाउनु भयो भने उसको असह्य प्रहार तपाईमाथि पर्ने निश्चित छ ।


३. बुझ्नै नसकिने खालका केटीहरु :
कतिपय केटीहरु यस्ता हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको जिज्ञासामा होभन्ने जवाफ दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु होइनभन्ने लागिरहेको हुन्छ । असमझदार केटीहरुसँगको सम्बन्ध पनि तत्काल पुर्णविराम लगाउनु बुद्धिमानीपुर्ण हुन जान्छ किनकी भविश्यमा यस्ताको पछि लागियो भने पछुताउनुको विकल्प नै हुँदैन ।



४. म जे गर्छु ठिक गर्छु प्रवृति :
यस्ता प्रकृतिका केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना, काम लगायत सबै उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ । त्यसैले यस्ता स्वभावका केटीसँगको चक्करमा हुनु हुन्छ, या जोडि सक्नु भएको छ भने अहिले नै यिनलाई बाइबाई गर्नुस् । अन्यथा भविश्यमा पछुताउने ड्युटी बाहेक तपाईसँग अरु केही बाँकी रहने छैन ।



५.डाढे केटीहरु :
यदि तपाईको संगतमा रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै नै कठिन हुनेछ, किनकी यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या गर्नमा नै बढी रमाउँछन् । भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका हुन्छन् ।यस्ता केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै हुन्छन् । तिनलाई लाग्छअव उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु ।



६. परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरु :
कतिपय केटीहरु केटा साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन, मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि लागेको हुँदैन । बस् श्रीमान र उसको प्रेमीबाट मुखबाट म तिमीलाई माया गर्छुभन्ने बाक्य आए पुग्छ । यति मात्र होइन, यस्ता केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन् , प्रहरीले चोर र डाँकाको गस्ती गरेजस्तै गरी । यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।



७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटी :
कोही केटीहरु आफ्ना आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ, यो त मलाई थाहा छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छजस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्, व्यवस्थापकिय क्षेत्रमा । उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको रोजाइमा नपरेकै बेस हुन्छ । किन भने सानो सानो कामका लागी पनि, सानो दुःखमा पनि, सानो खुसीमा पनि उनीहरु ठाउँमा वस्न सक्दैनन् । आमावुवाको वयान जति गर्नुस्, विहे भएपछि २५२६ वर्षको उमेर वा जिवन काट्न जाने उही श्रीमानसँग हो । जति दुःख परेपनि जति सुःख भएपनि उही श्रीमानसँग हो सवै सुःख दुःख साट्ने । तपाईले युवतिहरुले आफ्नो वुवा आमालाई निकै माया गर्नुहुन्छ, वुवा आमाले पनि निकै मायाँ गर्नुहुन्छ । तर एउटा कुरा युवतिहरुले के कुरा ख्याल गर्नुपर्छ भने छोरी जन्मीएपछि विवाहको वारेमा सोचीहालेका हुन्छन् र विहे गर्ने उमेर भएपछि विवाह गर्दिन पाए ठुक्क हुन्थ्यो भन्ने सोचीरहेका हुन्छन् । तपाईलाई मायाँ गर्ने र तपाईले मायाँ गर्ने युवकनै युवतिहरुका लागी राम्रो हुन सक्छ ।



८. अरु सबै सुखी छन्, म मात्र दुःखी छु :
कतिपय केटीहरु कति असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले त्यत्रो पैसा कमायो, फस्ट डिभिजनमा डिग्रि पास गर्यो, उसको छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन, उसकी श्रीमती अमेरीका पुगी, अस्टे«लिया पुगेर सेल्फी हानेर तस्विर फेसवुकमा राखी । उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।



९. मनको कुरा खुलेर नगर्ने केटी :

कतिपय केटीहरु मनका कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन, मेसेज, भेटघाट, खर्च जस्ता कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् । यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने, परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने विज्ञहरुको ठहर गरेका छन् ।

Post by :Adarshakura dot come



Thursday, April 5, 2018

श्रीमानको अगाडी गर्नै नहुने यी हुन २० कुराहरु


एजेन्सी । श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा :
१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।
४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।
७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।
९. श्रीमानको पसिना ख्याल गर्नु ।
१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।
११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।
१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।
१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।
१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु।
१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।
२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

Tuesday, April 3, 2018

जिबनमा कसैलाई पनि भन्न नहुने ४ कुरा

जिबनमा कसैलाई पनि भन्न नहुने ४ कुरा

पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुने बताइन्छ । चाणक्यले यस्ता ४ कुरा बताएका छन् जुन जीवनमा कसैलाई पनि भन्नु हुँदैन अर्थात सँधै यी ४ कुराको राज आफूसँगै हुनु पर्छ ।
अर्थनाशं मनस्तापं गृहिणीचरितानि च।
नीचवाक्यं चाऽपमानं मतिमान्न प्रकाशयेत्।।

यो श्लोकमा उल्लेख भए अनुसार जीवनमा कसैलाई पनि भन्न नहुने कुरा यस्ता छन्ः 
पहिलो कुरा
धन नास भएको कुरा कसैसँग भन्नु हुँदैन । हामी पैसा हराएको वा नाश भएको कुरा अरुलाई भन्दा मान्छेहरु सहयोग गर्नुको साटो उल्टो टाढा भाग्छन् । तपाइँलाई पैसाको समस्या छ वा घाटा भैरहेको छ भने पनि कहिल्यै अरुलाई नभन्नुस् किन भने मानिसहरु तपाइँको आर्थिक अवस्था थाहा पाएपछि सहयोग गर्नुको साटो उल्टो तर्किन थाल्छन् । सके सम्म आर्थिक अवस्थाको राज आफैसँग सीमित राख्नुस् ।

दोश्रो कुरा
चाणक्यले मनको सन्ताप अर्थात आफ्नो मनमा भएको तनावबारे अरुलाई भन्नु हुँदैन भनेका छन् । यदि हामीले हाम्रो दुख बताउन थाल्यौं भने अरुबाट समाधान आउने होइन तपाइँलाई उल्टो अरुको मजाक बन्नु पर्छ । मानिसहरु अरुको दुःखमा उडाउन मजा मान्छन् । अरुले मजाक बनाउँदा तपाइँको दुःख घट्नुको साटो थप बढ्छ ।

तेश्रो कुरा
जीवनमा गोप्य राख्नु पर्ने कुरा हो आफ्नो पति वा पत्नि सम्बन्धि कुरा । यदि तपाइँले आफ्नी पत्नि प्रेमिका वा पति प्रेमीको विषयमा अरुलाई भन्न थाल्नु भो भने अरुले सम्बन्ध विगारिदिन वा अनैतीक हर्कत गर्न सक्छन् । यसले परिवारमा कलह र झगडा बढाउँछ । सके सम्म पति वा पत्निका कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् ।

चौथो कुरा
जीवनमा आफू अपमानित भएको कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् । कसैले तपाइँलाई अपमान गरेको छ भने पनि यस्तो कुरा आफैसँग राख्नुस् । यस्तो कुरा अरुलाई भन्दा उल्टै मजाकको पात्र बन्ने खतरा हुन्छ । तपाइँ थप अपमानित हुने खतरा हुन्छ ।