Wednesday, February 26, 2020

फेन्सी साकोसको बृहत खुल्ला रक्तदानमा १०८ पाेइन्ट रक्तदान

२०७६ फाल्गुन ११, नारायणगढ, चितवन 
फेन्सी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर १ नारायणगढ चितवनको ९ औं स्थापनाा दिवसको अवसरमा फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको संयुक्त आयोजनमा बृहत खुल्ला रक्तदान शदिचोक, नारायणगढ, चितवनमा सम्पन्न भएको छ । कार्यक्रमको सुभारम्भ संस्थाका संस्थापक अध्यक्ष श्री विजय प्रकाश तण्डुकारले गर्नु भएको थियो भने संस्थाका अध्यक्ष श्री प्रकाश गैरेले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।

कार्यक्रममा फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल, वरिष्ठ उपाध्यक्ष शंकर प्रसाद घिमिरे, प्रथम उपाध्यक्ष देवराज गैरे, द्धितीय उपाध्यक्ष सुलोचना श्रेष्ठ, तृतीय उपाध्यक्ष कृष्ण कंडेल, महा–सचिव दीपा शाहि र कोषाध्यक्ष यम प्रसाद घिमिरे, फेन्सी साकोसका उपाध्यक्ष मेघराज कंडेल, सचिव पदम बहादुर केसी, कोषाध्यक्ष बोधराज शर्मा, लेखा सुपरिवेक्षण समिति संयोजक प्रधुम्न कुमार सापकोटा, सञ्चालक समिति, उप–समिति, सञ्चालक र संस्थाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा १०८ जना रक्तादाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा फेन्सी साकोसका सञ्चालक सदस्य श्री शिवराज सुवेदीको मुल संयोजन र फेन्सी व्यवसायी संघका कार्यसमिति सदस्य श्री दिनानाथ दवाडीको सह–संयोजनमा सम्पन्न गरिएको छ । 

९औं स्थापना दिवस कार्यक्रम सम्पन्न ।
फेन्सी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर १ नारायणगढ चितवनको ९औं स्थापनाा दिवस कार्यक्रम उद्योग वाणिज्य संघ नारायणगढ, चितवनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश गैरेको सभापतित्व तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यता रहेका थियो । 
विशिष्ठ अतिथिमा प्रदेश बचत तथा ऋण सहकारी संघका सदस्य तेजेन्द्र बहादुर खग्का, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका सहकारी अधिकृत रामबाबु पौडेल, फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल, लोककल्याणकारी साकोसका अध्यक्ष नारायण प्रसाद कंडेल, सिद्धिविनायक साकोसका अध्यक्ष थिर प्रसाद धिताल, अटोमोवाइल्स साकोसका भिमलाल न्युरे, पुल्चोक साकोस अध्यक्ष आरती पन्त, प्राईम बहुउद्देश्यी सहकारीका अध्यक्ष मदन प्रसाद खरेल रहेको थियो ।

हाल संस्थाको सदस्य सख्या १११३, शेयर पूँजी ३ करोड ३८ लाख, बचत संकलन ३१ करोड २१ लाख, सदस्य ऋण लगानी ३१ करोड १६ लाख र कुल पूँजी ३७ करोड २० लाख रहेको छ ।  

कार्यक्रम संस्थाका उपाध्यक्ष श्री मेघराज कंडेल संयोजकत्वमा सम्पन्न भएको थियो । 


Thursday, February 13, 2020

फेन्सी साकोसको स्थापना दिवशको अवसरमा नारायणी नदी किनार सरसफाइ कार्यक्रम सम्पन्न ।

१ फाल्गुन २०७६नारायणगढचितवन

फेन्सी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर १ नारायणगढ चितवनको ९ औं स्थापनाा दिवशको अवसरमा फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको संयुक्त आयोजनमा वातावरण सरसफाई कार्यक्रम अन्तर्गत नारायणी नदी किनार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिमा वे ग्रुप नेपालका अध्यक्ष श्री भोजनारायण कंडेल रहनुभएको थियो ।

सरसफाई कार्यक्रममा फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल, कोषाध्यक्ष यम प्रसाद घिमिरे, महा-सचिव दीपा शाही, सचिव विवेक कंडेल, कार्यसमिति, उपसमिति, फेन्सी साकोसका उपाध्यक्ष मेघराज कंडेल, कोषाध्यक्ष बोधराज शर्मा, लेखा सुपरिवेक्षण समिति संयोजक प्रधुम्न कुमार सापकोटा, सञ्चालक समिति, उपसमिति, वे ग्रुप नेपालका पदाधिकारी, सञ्चालक र संस्थाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

फेन्सी साकोसको ९औं वार्षिक उत्सबको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले विभिन्न कार्यक्रमहरुमध्येको पहिलो कार्यक्रम वातावरण सरसफाई कार्यक्रम सम्पन्न गरिएको, आगमी कार्यक्रममा भरतपुर हस्पतालमा शुत्केरी महिला भेटघाट, फाल्गुन ५ गते शेयर सदस्यलाई सहकारी कानुनी शिक्षा, फाल्गुन ११ गते शदिचोक, नारायणगढमा बृहत खुल्ला रक्तदान र फाल्गुन ११ गते बेलुकी संस्थाको स्थापना दिवश समापन गर्ने कार्यक्रम रहेको साकोसका अध्यक्ष प्रकाश गैरेले बताउनुभएको थियो । सरसफाई लागि आवश्यक सामग्रीहरु भरतपुर महानगरपालिका चितवनबाट सहयोग प्राप्त भएको थियो ।

सामाजिक उत्तरदायित्व बहान गर्ने कार्यलाई निरन्तरता दिनका लागि वातावरण सरसफाई कार्यक्रम नियमित रुपमा प्रत्येक वर्ष सञ्चान गर्दै लैजाने फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्यालले बताउनु भएको थियो ।

कार्यक्रम फेन्सी साकोसका सञ्चालक सदस्य श्री रामचन्द्र सुवेदीको मुल संयोजन र फेन्सी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष श्री शंकर प्रसाद घिमिरेको सहसंयोजनमा सम्पन्न गरिएको छ । 



Monday, July 1, 2019

टेलिकमले ल्यायो नयाँ सेवा, सूचनाकाे सञ्चार, ३२१०० मा कल गर्नुस् निशुल्क सेवा लिनुस् ।

सोमवार, असार १६, २०७६ | July 1, 2019
काठमाडौं /  नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘ एन टि सूचनाको संसार’ सेवा आजबाट उपलब्ध गराएको छ ।
यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिने जनाएको छ ।
नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् ।
यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ ।
सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो ।
यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन् ।
विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ ।
निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने नेपाल टेलिकमले जनाएको छ ।
यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको हो ।

Monday, May 13, 2019

तपाई YouTube बाट Videos and Audio डाउनलोड गर्नका लागि विभिन्न Software  तथा  Extension हरुको प्रयोगबाट दिक्क हुनुहुन्छ ? यदी त्यस्तो हो भने हामीले तपाईहरु माझ Google Chrome Browser  प्रयोग गरि YouTube बाट सजिलैसँग कसरी आफ्नो आवश्यकता अनुसारको Videos, Audio डाउनलोड गर्ने भन्ने बारेमा जानकारी दिन गईरहेको छौ ।
YouTube बाट Videos, Audio Download गर्नका लागि विभिन्न Software  तथा Extension  छन् जसमा धेरै त्यस्ता सफ्टवयरहरु कामै नलाग्ने खालका हुन्छन् । आजको यस भिडियोमा तपाईहरुमाझ Google Chrome Browser को प्रयोग गरि कसरी YouTube Video र Audio एकै ठाउबाट सजिलैसँग डाउनलोड गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन गइरहेका छौ ।
मन परेमा हाम्रो YouTube Channel लाई Subscribe गर्नुहोला , लाइक, शेयर, कमेन्ट गर्न नभुल्नुहोला । 

हेर्नुहोस् यो भिडियो ।
Google Chrome Extension Download Link :https://drive.google.com/file/d/1ynI-hWyBK4R1GqSnS5w3A1bOagObysOw/view?usp=sharing