भनिन्छ, एउटा सफल व्यक्तिको जीवनका पछाडि उसको जीवनसाथीको
महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका
उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख
पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं ।
अमेरीकी राष्ट्रपति
वाराक ओवामाले उनकी आफ्नी श्रीमती मिचेल ओवामाको सहयोगकै कारण जिवन फेरीएको वताएका
थिए । एक भारी वर्षातमा अमेरीकी समुदायसँग भाषण गरिरहेका ओवामाले त्यो समयमा आफ्नी
श्रीमतीको ठुलो वयान गरे । उनी मात्रै हैन यो संसारमा त्यस्ता ठुला, धनाढ्य र गर्व
गर्न लायक मानिसहरु छन् जो आफ्नो श्रीमती, प्रेमीकाको जिवन्त मायाँ र साथले ठुलो उपलव्धी
हात पारीरहेका छन्, सवैले
ठुलो उपलव्धी हात नपारेपनि निरन्तरता जिवनसंगिनी र प्रेमीकाको मायाँले जिवनलाई
ह्याप्पी भने राखिरहेका छन् ।
भ्रखरै महानायक
राजेश हमालले लामो समयको प्रेमसम्वन्धलाई विवाहमा परिणत गरे । विवाह पछि उनीहरुको
जिवन निकै खुसीका साथ अघि वढेको हामीले फेसवुक र उनीहरुका गतिवीधीले देख्न
सकिरहेका छौं । त्यसो त खतरनाक प्रेमीका वा श्रीमती पाएका त्यस्ता व्यक्तीहरुले
आफ्नो जिवननै खत्तम पारेका उदाहरण पनि हामीले पाएकै छौं वरिपरी ।
एउटा भनाइ नै छ, ‘महान जीवनसाथी
आफ्नो श्रीमानको दास बनेर उसलाई राजा बनाउँछे र आफु पनि रानी बन्छे । तर खराव
जीवनसाथी आफ्नो श्रीमानमाथि शासन चलाउँछे र उसलाई नोकर बनाउँछे ।’ विज्ञहरुले
गहिरो अध्ययन गरेर काम नै नलाग्ने खराव महिलाहरुको ९ आनीबानीहरु प्रकाशमा ल्याएका
छन् ।
उनीहरुले पत्ता
लगाएका यि ९ तथ्य सार्वजनिक गर्दै तत्काल यस्ता केटी र महिलाहरुबाट टाढा रहन सुझाव
समेत दिएका छन् । दुई दम्पतीबीचको सम्बन्ध सुमधुर हुनबाट रोक्ने महिलाका यस्ता सात
आनीबानीहरु टाइम्स अफ इन्डियाको सहयोगमा यहाँ प्रस्तुत गरेका छौं ।
१. आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृति :
केही महिलाहरु यस्ता हुन्छन, जो अरुको कुरा
सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा
थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन ।
उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् ।
विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने
तरिकाले प्रस्तुत भइन् भने उनीबाट तत्काल सतर्क हुनु पर्छ । किनकी यस्ता केटीहरु
अरुलाई भेडा ठान्छन् र आफुलाई महान सम्झेर आफ्नो केटासाथीमाथि शासन गर्न
तम्सिहाल्छन् ।
२. शंकालु केटी :
कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता
प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु
छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि
दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी
विष्पोट हुन्छन् । यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले
आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै
केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन
बाध्य पारिहाल्छन । उ को हो र किन उसँग कुरा गरेको भनेर । यति भनेर मात्र उनीहरुले
तपाईलाई छाड्ने छैनन । तपाइले उसलाई कहाँ, के को सिलसिलामा चिनेको लगायत सबै कुरा सविस्तार
भन्न हिच्किचाउनु भयो भने उसको असह्य प्रहार तपाईमाथि पर्ने निश्चित छ ।
३. बुझ्नै नसकिने खालका केटीहरु :
कतिपय केटीहरु यस्ता
हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको
जिज्ञासामा ‘हो’ भन्ने जवाफ
दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु ‘होइन’ भन्ने
लागिरहेको हुन्छ । असमझदार केटीहरुसँगको सम्बन्ध पनि तत्काल पुर्णविराम लगाउनु
बुद्धिमानीपुर्ण हुन जान्छ किनकी भविश्यमा यस्ताको पछि लागियो भने पछुताउनुको
विकल्प नै हुँदैन ।
४. म जे गर्छु ठिक गर्छु प्रवृति :
यस्ता प्रकृतिका
केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने
ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना, काम लगायत सबै
उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो
धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ । त्यसैले यस्ता स्वभावका
केटीसँगको चक्करमा हुनु हुन्छ, या
जोडि सक्नु भएको छ भने अहिले नै यिनलाई बाइबाई गर्नुस् । अन्यथा भविश्यमा पछुताउने
ड्युटी बाहेक तपाईसँग अरु केही बाँकी रहने छैन ।
५.डाढे केटीहरु :
यदि तपाईको संगतमा
रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै
सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै
नै कठिन हुनेछ, किनकी
यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या
गर्नमा नै बढी रमाउँछन् । भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका
हुन्छन् ।’ यस्ता
केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै
हुन्छन् । तिनलाई लाग्छ–अव
उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु ।
६. परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरु :
कतिपय केटीहरु केटा
साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन, मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका
हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि
आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु
केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि
लागेको हुँदैन । बस् श्रीमान र उसको प्रेमीबाट मुखबाट ‘म तिमीलाई माया
गर्छु’ भन्ने बाक्य आए
पुग्छ । यति मात्र होइन, यस्ता
केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन् , प्रहरीले चोर र
डाँकाको गस्ती गरेजस्तै गरी । यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने
भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध
सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।
७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटी :
कोही केटीहरु आफ्ना
आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि
बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । ‘मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ, यो त मलाई थाहा
छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छ’ जस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्, व्यवस्थापकिय
क्षेत्रमा । उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र
व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको
रोजाइमा नपरेकै बेस हुन्छ । किन भने सानो सानो कामका लागी पनि, सानो दुःखमा
पनि, सानो खुसीमा
पनि उनीहरु ठाउँमा वस्न सक्दैनन् । आमा–वुवाको वयान जति गर्नुस्, विहे भएपछि २५–२६ वर्षको उमेर
वा जिवन काट्न जाने उही श्रीमानसँग हो । जति दुःख परेपनि जति सुःख भएपनि उही
श्रीमानसँग हो सवै सुःख दुःख साट्ने । तपाईले युवतिहरुले आफ्नो वुवा आमालाई निकै
माया गर्नुहुन्छ, वुवा
आमाले पनि निकै मायाँ गर्नुहुन्छ । तर एउटा कुरा युवतिहरुले के कुरा ख्याल
गर्नुपर्छ भने छोरी जन्मीएपछि विवाहको वारेमा सोचीहालेका हुन्छन् र विहे गर्ने
उमेर भएपछि विवाह गर्दिन पाए ठुक्क हुन्थ्यो भन्ने सोचीरहेका हुन्छन् । तपाईलाई
मायाँ गर्ने र तपाईले मायाँ गर्ने युवकनै युवतिहरुका लागी राम्रो हुन सक्छ ।
८. अरु सबै सुखी छन्, म मात्र दुःखी
छु :
कतिपय केटीहरु कति
असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु
सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले
त्यत्रो पैसा कमायो, फस्ट
डिभिजनमा डिग्रि पास गर्यो, उसको
छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन, उसकी श्रीमती अमेरीका पुगी, अस्टे«लिया पुगेर
सेल्फी हानेर तस्विर फेसवुकमा राखी । उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने
कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि
सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।
९. मनको कुरा खुलेर नगर्ने केटी :
कतिपय केटीहरु मनका
कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै
नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन, मेसेज, भेटघाट, खर्च जस्ता
कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई
गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् ।
यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने, परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने
विज्ञहरुको ठहर गरेका छन् ।
Post by :Adarshakura dot come
Post by :Adarshakura dot come

0 comments: