काठमाडौँ । हामीले खानापानको बारेमा धेरै
सुनेका छौँ । तर, के तपाईले खाना खाए
लगत्तै के–के गर्नबाट
बच्नुपर्छ भन्नेबारे कहिल्यै सोच्नु भएको छ ? धेरैजसोलाई थाहा हुनसक्छ, तर पनि त्यसप्रति खासै ध्यान दिइरहेका हुँदैनौ । सुन्दा सामान्य
लाग्ने तर यसको दीर्घकालिन प्रभाव असामान्य हुन्छ । तपाई खानामा षौष्टिक र राम्रो
खानुहुन्छ, तर त्यो खाना शरीरमा
नलागेमा नखाए बराबर हुन्छ । यदी तपाई आफूले खाएको खाना शरीरमा राम्ररी लागोस् भन्न
चाहानुहुन्छ भने तपाईले केही बानीमा सुधार ल्याउनुपर्छ । खाना खाने वित्तिकै
स्वास्थ्यलाई असर पार्ने यस्ता क्रियाहरु नगर्नुहोस् ।
धुम्रपान
गर्नु
धुम्रपान
स्वास्थ्यका लागि त्यसै पनि हानिकार हुन्छ । विशेषज्ञका अनुसार, खाना खाएपछि
तुरुन्तै धम्रपान गर्नाले पाचन प्रक्रियामा समस्या आउन सक्छ । रोचक कुरा के छ भने, धुम्रपान
गर्ने बानी भएका व्यक्तिमा खाना खाएपछि नै चुरोट पिउने वा सुर्तीको बढी तलतल
लाग्ने हुन्छ । तर, यस्तो गर्नबाट बच्नुपर्छ । खाना खाए लगत्तै धुम्रपान गर्नाले
ग्यास्ट्रिक र एसिडिटी समस्या हुनसक्छ ।
फलफुल खानु
यदी तपाई
खानासँगै फलफुल खानुहुन्छ भने आमाशयमा अड्किने सम्भावना हुन्छ, जसले गर्दा
सही समयमा आन्द्रामा पुग्न पाउँदैन । यसले पेटमा खानालाई दुषित बनाउँछ । त्यसैले, खाना खाएपछि
कम्तिमा एक घण्टापछि वा पहिले नै फल खाने सल्लाह दिइन्छ । बिहान खाली पेटमा
फलफुलको सेवन गर्नु सबैभन्दा उत्तम मानिन्छ, जसले दिउसो भरी ऊर्जा
दिन्छ ।
चिया वा कफी पिउनु
खाने खाए
लगत्तै चिया पिउनुहुँदैन । चियाको पत्तीमा रहेको एसिडले खानामा पाइने प्रोटिनलाई
नोक्सान पुर्याउँछ । जसका कारण खाना पचाउनमा समस्या उत्पन्न हुन्छ । खाना खाएको एक
घण्टा पछि चिया पिउनु राम्रो मानिन्छ ।
बेल्ट खुकुलो बनाउनु
यदी तपाई
निक्कै भोक लागेमा वा स्वादिष्ट खाना देखेपछि आफ्नो बेल्ट खुकुलो बनाउनुहुन्छ र मन
भरिने गरी खानुहुन्छ भने यसले पनि स्वास्थ्यमा असर पुर्याउछ । खाना खाने समयमा
बेल्ट लुज बनाउँनु हुँदैन । यसो गर्नाले आन्द्रा ब्लक हुने र खाना बढी खाइने हुन्छ
। जसले गर्दा असहज महशुस हुन्छ । अत्यन्तै भोक लागेको बेला थोरै कम खानुपर्छ
भनिन्छ ।
नहाउनु
खाना खाएपछि
लगत्तै नुहाउँनु हुँदैन । यसो गर्नाले हात, खुट्टा र शरीरमा
रगतमा प्रवाह बढेर जान्छ । यस्तो अवस्थामा पटेको सबैतिर रगतको मात्रा कम हुन जान्छ
। जसले गर्दा पाचन प्रणाली खराब बन्छ ।
हिड्नु
हिड्नु
स्वास्थ्यका लागि फलदायी हुन्छ, तर खाना खाए लगत्तै हिड्नु हुँदैन । यसले
अपचको समस्या हुनसक्छ । यद्यपी, खाना खाएको आधा घण्टापछि टहलिनु स्वास्थ्यका
लागि राम्रो मानिन्छ ।
तुरुन्तै सुत्न जानु
जो व्यक्ति
खाना खाने बित्तिकै ओछ्यान लाग्छ, उसको खाना राम्ररी पच्न पाउँदैन । यसका कारण
ग्यासको समस्या उत्पन्न हुनसक्छ र आन्द्रामा संक्रमण हुनसक्छ ।

0 comments: