१.सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व
दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र
हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।
२. कमलो हृदय भएको र
परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।
३. छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् ।
३. छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् ।
४.साहसिक काम गर्न
रुचाउने, समस्यामा
परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरु महिलालाई निकै मन पर्छन् ।(मिलेको
दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु हुरुक्कै हुने गर्छन् ।
५. अरुको बारेमा चासो
नराख्ने र अनावश्यक मूल्यांकन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन् । कस्तो लुगा
लगाएको, कति
धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरुले निको मान्दैनन् ।
६. महिलाहरु आफ्नो
उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न चाहन्छन् ।
आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन
भन्ने महिलाको विश्वास हुन्छ ।
यो पनि संगै ..
७.‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो
महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको
स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।
८.जनावरहरुसँग खेल्ने
पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन् ।
९.थोरै भए पनि रातो
रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन् ।
१०.पुरुषको लुवाई खुवाई र
व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन् ।
0 comments: