नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ । सञ्चार तथा सूचना
प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको उद्घाटन गरे
। नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले प्रिपेड मोबाइलमा
ब्यालेन्स सापटी लिन सकिने नमस्ते क्रेडिट नामक सेवा सुरु गरको हो ।
यस सेवाअन्तर्गत कम्पनीका ग्राहकले जीएसएम तथा सीडीएमए
प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता
दिन सक्नेछन् । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने
बताइएको छ । सापटी लिएको रकम रिचार्ज गरेपछि काटिनेछ । टेलिकमका अनुसार सापटी
लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।
सेवा सुचारु र बन्द गर्ने तरिका
तीन महिना पहिलेदेखि प्रयोगमा रहेको
सीममा मात्र यो सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार
कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा
एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही
सुविधा सुचारु गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिने टेलिकमले
जनायो । टेलिकमका अनुसार एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी
लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि
सकिने छ ।
यस सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने
अपेक्षा गरिएको छ ।

0 comments: