खासगरी
मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् । तर समुन्द्र
शास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व
छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो । मानिसका स्वभाव, गुण अवगुण थाहा
पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दावी छ ।
लामो चिउँडोः
जुन
ब्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा धेरै गुण हुन्छन् । यस्ता
ब्यक्ति स्थिर स्वभावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन् । काम पुरा
नगरी थकाइ नमार्ने यिनीहरुको चलन हुन्छ ।
सानो चिउँडोः
सानो
चिउँडो भएका ब्यक्ति आल्छी र असन्तोषी हुन्छन् । यस्ता ब्यक्ति समस्याबाट भाग्छन्
। यिनीहरुको महत्वाकाँक्षा हुँदैन । कामचोर र ठग स्वभाव हुन्छ ।
बाहिर
निस्किएको चिउँडोः
बाहिर
उछिट्टिएको चिउँडो भएका ब्यक्ति कर्मठ हुन्छन् । यस्ता ब्यक्ति धुर्त र कपटी समेत
हुन्छन् । यस्ता ब्यक्तिलाई भरोसा गर्न सकिन्न् ।
बर्गाकार
चिउँडोः
जुन
ब्यक्तिको चिउँडो समकोण भएको हुन्छ । यस्ता ब्यक्तिलाई आर्थिक समस्या पर्दैन ।
यिनीहरुको कामुकता बढी हुन्छ र काम बासनाका लागि धन दौलत खर्च गर्न पनि पछि
पर्दैनन् ।
सलक्क
परेको चिउँडोः
तल माथि
मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने
र नियम पालना गर्ने हुन्छन् । यस्ता ब्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि
हुन्छन् । यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ । यिनीहरु प्रेम गर्दा
पनि निस्वार्थ भावले गर्छन् । यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन्
।
गोलो
चिउँडोः
यदि कसैको
चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भावुक हुने र साना साना कुरामा पनि
भड्किने हुन्छन् । यस्ता ब्यक्तिले हरेक काम हतारमा गर्छन् र काम विगार्छन् पनि ।
आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रोधको समयमा उत्तेजित भएर
असंयमित काम समेत गर्छन् । यस्त ब्यक्तिहरु आफ्नो कुरामा अडिग हुन्छन् र स्पष्ट
कुरा गर्छन् ।
अण्डाकार चिउँडोः
अण्डाकार
चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु चकचके र कलाप्रेमी हुने बताइन्छ ।
यिनीहरु ब्यवहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता ब्यक्तिले कला क्षेत्रमा
चर्चा कमाउँछन् ।

0 comments: