के कुनै भिखारी मागेर यति धेरै पैसा
कमाउन सक्छ कि जसको पैसा गन्नकै लागि नोकर राख्न जरुरत परोस…? तपाईलाई यकिन भईरहेको छैन होला यस
कुरामा…? हामी
तपाईलाई आज यस्तै व्यक्तिको बारेमा बताउन गईरहेका छौँ।
चीनको यो
भिखारी यसकारण चर्चामा आएको छ किनकी उसको १ महिनाको आम्दानी यति छ कि उसले पैसा
गन्नको लागि दोस्रो व्यक्तिको मद्दत लिन्छ। यति मात्र हैन उसले पैसा गन्नको लागि
टिप पनि दिने गर्छ। तपाई यो कुरा सुनेर तीन छक्क पर्नुहुनेछ कि उक्त भिखारीले एक
महिनामा एक लाख कमाउँछ।
उक्त
भिखारी जुन ठाउँमा बसेर भिख माग्न बस्छ, त्यहाँ उससँग नोटको डङ्गुर बन्छ ।
मानिसहरु भन्छन कि उक्त भिखारीप्रति मानिसहरु धेरै नै दयालु छन्। त्यसैले उसले
केवल भिख मात्र मागेर बेईजिंगमा दुई तले घर बनाएको छ। सिर्फ यति मात्र होइन, उसको तीन बच्चा शहरको चर्चित स्कुलमा
पढिरहेका छन्।
परिवारको
सारा खर्च उक्त भिखारीको कमाईमा चल्छ। एक रिपोर्ट अनुसार भिख मागेर नै उसले मासिक
रुपमा नेपाली मुद्रा करिब एक लाख रुपैयाँ जुटाउछ। उक्त भिखारी भिख मागेर जुटाईएको
रकम पोस्ट अफिसमा जम्मा गर्न लिएर जाँदा उक्त पैसा गन्नको लागि स्थानीय कर्मचारीको
मद्दत लिने गर्छ, उक्त
कामको लागि उसले उनीहरुलाई पैसा पनि दिने गरको छ। उक्त भिखारीले १०० चिनियाँ युआन
टिप दिने गर्छ।

0 comments: