Tuesday, May 30, 2017


६० वर्ष लामो स्थानीय निकायको संरचनालाई बदल्दै ७ सय ४४ वटा स्थानीय तह कायम भएसँगै यसले नागरिकलाई दिने सेवामा पनि व्यापक परिवर्तन भएको छ । 
नयाँ संरचनाअनुसार यसअघि गाविस वा नगरपालिकाले प्रदान गर्दै आएका सेवाहरु अब वडाबाट प्रदान गरिने छ भने जिल्ला, अञ्चल र क्षेत्रले दिएका सेवा गाउँ वा नगरपालिकाको केन्द्रबाट प्रदान गरिनेछ । स्थानीय विकास मन्त्रालयले फागुन २४ गते जारी गरेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धीमा जारी गरेको आदेशअनुसार वडाले विकास निर्माणका काम सञ्चालनदेखि विभिन्न ३७ किसिमका सिफारिस गर्नेछन् । आफ्नो वडाभित्रको योजना तर्जुमा, कार्यान्वनय र अनुगमनको काम वडा आफैंले गर्नेछ । 
शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी जस्ताका विकासका पूर्वाधारको व्यवस्थापनको जिम्मा पनि वडाले पाउन आदेशमा उल्लेख छ । प्रवक्ता शर्माका अनुसार कुनै पनि सरकारी कामका लागि चाहिने सिफारिस वडाले प्रदान गर्नेछ । नाता प्रमाणित, नागरिकता लिनका लागि सिफारिस, जन्म दर्ता, विवाद दर्ता, घरबाटको सिफारिस, मिलापत्र गराउने सिफारिस वडा कार्यालयले दिनेछ ।

वडा कार्यालयमा पाइने सुबिधाहरु निम्न छन्ः

१) नाता प्रमाणित,

२) नागरिकता र प्रतिलिपी सिफारिस,

३) घर बहाल कर शिफारिस,

४) मोहि लगत कत्ता शिफारिस,

५) घर जग्गा कर,

६) जन्ममिति प्रमाणित,

७) व्यापार व्यवसाय खोलेको बन्द गरेको,

८) मिलापत्र,

९) विवाहित अविवाहित,

१०) निशुल्क उपचार सिफारिस,

११) अङ्ग्रेजी भाषामा सिफारिस,

१२) घर जग्गा प्रमाणित,

१३) व्यक्तिगत प्रमाणित,

१४) घरपुर्जा प्रमाणित,

१५) पुर्जा हराएमा प्रमाणित,

१६) कित्ताकाट सिफारिस,

१७) नामथर जन्म मिति संशोधन,

१८) मृत्युु दर्ता, हकदार नामसारी,

१९) उद्योग नामसारी, ठाँउसारी,

२०) पूर्व प्रथामिक विद्यालय खोल्ने सिफारिस,

२१) जग्गा ,धितो मुल्यांकन,

२२) विद्यालयको कक्षा थप्ने,

२३) पोषण सम्बन्धि,

२४) वैवाहित अङृकृत सिफारिस,

२५) गरिब, बिप्पन प्रमाणिात,

२६) विद्यालय ठाँउसारी,

२७) धारा , विद्युत, ढल जडान,

२८) अन्य

0 comments: