१ फाल्गुन २०७६, नारायणगढ, चितवन
फेन्सी
बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर १ नारायणगढ चितवनको ९ औं स्थापनाा दिवशको
अवसरमा फेन्सी व्यवसायी संघ र फेन्सी साकोसको संयुक्त आयोजनमा वातावरण सरसफाई
कार्यक्रम अन्तर्गत नारायणी नदी किनार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठको
प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिमा वे ग्रुप नेपालका अध्यक्ष श्री भोजनारायण
कंडेल रहनुभएको थियो ।
सरसफाई
कार्यक्रममा फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल,
कोषाध्यक्ष यम प्रसाद घिमिरे, महा-सचिव दीपा शाही, सचिव विवेक कंडेल,
कार्यसमिति,
उप–समिति,
फेन्सी साकोसका उपाध्यक्ष मेघराज कंडेल,
कोषाध्यक्ष बोधराज शर्मा, लेखा सुपरिवेक्षण समिति संयोजक प्रधुम्न कुमार सापकोटा, सञ्चालक समिति,
उप–समिति,
वे ग्रुप नेपालका पदाधिकारी,
सञ्चालक र संस्थाका कर्मचारीहरुको
सक्रिय सहभागिता रहेको थियो ।
फेन्सी साकोसको ९औं वार्षिक उत्सबको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने अभिप्रायले विभिन्न कार्यक्रमहरुमध्येको पहिलो कार्यक्रम वातावरण सरसफाई कार्यक्रम सम्पन्न गरिएको, आगमी कार्यक्रममा भरतपुर हस्पतालमा शुत्केरी महिला भेटघाट, फाल्गुन ५ गते शेयर सदस्यलाई सहकारी कानुनी शिक्षा, फाल्गुन ११ गते शदिचोक, नारायणगढमा बृहत खुल्ला रक्तदान र फाल्गुन ११ गते बेलुकी संस्थाको स्थापना दिवश समापन गर्ने कार्यक्रम रहेको साकोसका अध्यक्ष प्रकाश गैरेले बताउनुभएको थियो । सरसफाई लागि आवश्यक सामग्रीहरु भरतपुर महानगरपालिका चितवनबाट सहयोग प्राप्त भएको थियो ।
सामाजिक
उत्तरदायित्व बहान गर्ने कार्यलाई निरन्तरता दिनका लागि वातावरण सरसफाई कार्यक्रम
नियमित रुपमा प्रत्येक वर्ष सञ्चान गर्दै लैजाने फेन्सी व्यवसायी संघका अध्यक्ष
खिमलाल अर्यालले बताउनु भएको थियो ।
कार्यक्रम फेन्सी साकोसका सञ्चालक सदस्य श्री रामचन्द्र सुवेदीको मुल संयोजन र फेन्सी
व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष श्री शंकर प्रसाद घिमिरेको सह–संयोजनमा सम्पन्न गरिएको छ ।


0 comments: