Sunday, November 18, 2018

थाहा पाउनुहोस् ! शरीरमा कहाँ कोठी हुँदा के हुन्छ ?

कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् ।तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ ।यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।
१ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।
२ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।
३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।
४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।
५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।
६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।
७ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।
८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।
९ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।
१० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।
११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।
१२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।
१३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।
१४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।
१५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।
१६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।
१७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।
१८ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।
१९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।
२० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ ।दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।
२१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।
२२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।
२३ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।
२४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।
२५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झगडा भैरहन्छ ।

Thursday, May 31, 2018

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?


सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।
श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।
१. धन : सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।
२. निरोगी शरीर : जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।
३. सुन्दर पत्नी : महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।
४. मीठो बोल्ने पत्नी : सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।
५. आज्ञाकारी पुत्र : वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।
६. धन पैदा गर्ने विद्या : पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आप्mनो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।

Thursday, April 5, 2018

श्रीमानको अगाडी गर्नै नहुने यी हुन २० कुराहरु


एजेन्सी । श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा :
१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।
४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।
७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।
९. श्रीमानको पसिना ख्याल गर्नु ।
१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।
११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।
१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।
१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।
१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु।
१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।
२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

बुढी औलाले बताउछ तपाईको स्वभाव कस्तो छ ? शास्त्रले यसो भन्छ..

बुढी औलाले बताउछ तपाईको स्वभाव कस्तो छ ? शास्त्रले यसो भन्छ..
यदि हामी ज्योतिष शास्त्रलाई मान्ने हो भने हाम्रो शरिरको विभिन्न अंगहरुले तपाईको सोच तथा बानिहरु थाहा पाउन सकिन्छ । त्यस्तै हत्केलामा भएका बिभिन्न रेखाहरुले पनि व्यक्तिको बारेमा बताइरहेको हुन्छ । यस्तै कुरालाई बिश्वास गर्ने व्यक्तिहरु विभिन्न ठाउँमा हेराउन गइरहेको देख्न पाउँछौ ।
कसैले यस्ताकुराहरुलाई वाइयात हो भनेपनि बिश्वमा विकशित मुलुकहरुमा पनि यस्ता कुराहरुलाई विश्वास गरेको पाइन्छ । त्यस्तै यहाँ एक भिडियोमा तपाईको बुढी औलाको आकार कस्तो छ । सो अनुसारको फल तथा मानिसको स्वभाव कस्तो हुन्छ भन्ने कुराहरु बताइएको छ ।
१. सिधा बुढी औला
एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम ब्यबस्थित हुन्छन। यिनीहरु एकदम अनुसासनमा बस्छन। यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ। यस्ता व्यक्तिहरु एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन । आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैन। देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैन्। यदि कसैले मग्न आएमा अस्विकार पनि गर्दैनन। काम नगर्ने कुरा मात्र गर्ने यस्ता मान्छे उनिहरुलाई पटक्कै मन पर्दैन। उनीहरुको बैबाहिक जीवनमा श्रीमान र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ। बच्चा पनि राम्रो हुन्छन। तर आफन्त साथी भाई संग भने सम्बन्ध नराम्रो हुन्छ किनकि प्राय मान्छेहरु उनलाई एकदम स्वार्थी ठान्छन। आफ्नो समस्या कहिले अरुलाई नसुनाउने भएका कारण यस्ता व्यक्तिलाई साथी भाई आफन्तले नराम्रो मान्ने गर्छन।
२. अलि कति बांगो बुढी औला
यदि जीवनमा जिन्दगीको अरुबाट मज्जा लिन मन छ भने यस्ता मान्छेको संग जानुहोस्। यस्ता मान्छे आफ्नो काम गर्न मन पराउछ। यदि काममा गए पनि त्यहा सबैको मन जित्न सफल हुन्छन। हरेक काममा सकरात्मक सोच लिन्छन। बैबाहिक जीवन एकदम सुखमय हुन्छन। तर नोकरीको मामिलामा भने अलि अफ्ट्यारो पैदा हुन्छ। उनीहरु इमान्दारीले भरिपूर्ण हुन्छन। जीवनलाई गम्भीर रुपमा सोच्छन। नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ। तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन। एकदम दयालु हुन्छन। यदि कसैले सहायोग मागेमा आफुसंग नभएपनि अरु संग मागेर भए पनि दिन तयार हुन्छन। आमा, बुबालाई एकदम माया गर्छन। घर व्यबस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन।यिनीहरुको जीवनमा पैसाको कमि हुदैन। जीवनको अन्तिम पल एकदम सुखमय हुन्छन।
३. पुरै बाङ्गिएको बुढी औला
यस्ता मान्छे अलिकति पनि घमण्डी हुदैनन, स्वार्थी पनि हुदैन् एकदम गाई जस्तै सोझ हुन्छन। जस्तो सुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन। यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन। यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ। ठुलो मान्छे बन्ने सम्भाना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ। यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन। एजेन्सीको सहयोगमा

पैतालामा यस्ता चिन्ह हुने मानिस भाग्यमानी हुन्छन् …. हेर्नुहोस तपाईकोमा छ की छैन

पैतालामा यस्ता चिन्ह हुने मानिस भाग्यमानी हुन्छन् …. हेर्नुहोस तपाईकोमा छ की छैन
शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रको भनाइ छ ।
यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ ।
समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्त ब्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।
त्यस्तै समुन्द्र शास्त्रका अनुसार कुनै ब्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हु्न्छन् । यिनीहरुलाई कमाउनका लागि मेहनत गर्नु पर्दैन ।
जसको पैतालमा त्रुशुलको चिन्ह छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिन्ह हुन्छ ।
जस्को पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महापुरुष हुन्छन् । यस्ता ब्यक्तिलाई विश्वले चिन्छ ।
जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भएपनि धनको मतलव नगर्ने हुन्छन् ।

ख्याल गर्नुहोस, सूर्य अस्ताउने समयमा भुलेर पनि नगर्नुस् यी ४ काम


हामीले शास्त्रमा उल्लेखित दैनिक ब्यवहारहरु पालना गर्दैनौं । तर यस्ता ब्यबहारमा ख्याल गर्दा जीवनमा सुखी हुन सकिने शास्त्रविदहरु बताउँछन् ।
शास्त्रमा उल्लेख भए अनुसार कतिपय यस्ता कुरा छन् जुन कुरामा ध्यान नदिँदा हामी दुःखी, विरामी र दरिद्र हुन्छौं ।
कुन काम गर्नु हुँदैनः

वारि खलु काय्याणि सन्ध्याकाले विवर्जयेत्।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम्॥

यो श्लोकको अर्थ हो विशेष रूपमा पति-पत्नीले साँझको समयमा मर्यादा पालना गर्नु पर्छ । सूर्य अस्ताउने समयमा पति पत्नीले संसर्ग गर्नु हुँदैन।


पहिलो कामः

पति र पत्निले साँझको समयमा अत्याधिक सावधानी अपनाउनु पर्छ । यो समयमा प्रेम क्रिडा र प्रेमालाप राम्रो मानिँदैन । साँझको समयमा लक्ष्मी पृथ्वीको भ्रमणमा आउने विश्वास गरिन्छ तसर्थ साँझको समयमा यौन क्रियालाप गर्नु राम्रो मानिँदैन । यो समयमा पुजा पाठ वा धुप दीप गर्नु सबैभन्दा उत्तम रहेको शास्त्रमा उल्लेख छ ।


दोश्रो कामः

हामीले साँझको समयमा भोजन ग्रहण गर्नु हुँदैन । खाना खानका लागि खराव मानिन्छ यो समय । यो समयमा भोजन गर्दा पेट सम्बन्धी विरीमी हुने र कब्जियत हुने बताइन्छ । यदि कुनै पनि ब्यक्तिलाई साँझको समयमा अत्याधिक भोक लागेमा पनि जुस खानु राम्रो हुन्छ ।


तेश्रो कामः

साँझको समयमा कहिले पनि सुत्नु हुँदैन । सूर्यास्तको समय सुत्नै नहुने शास्त्रमा उल्लेख छ । यो समयमा सुत्दा अनिद्रा हुने र तनाव बढ्ने बताइन्छ । यो समयमा सुत्दा शरीरमा उर्जा असन्तुलनको समस्या हुने शास्त्रमा उल्लेख छ । यस कारण चक्कर लाग्ने वा टाउको दुख्ने हुन सक्छ ।


चौथो कामः

साँझको समयमा बेद वा अन्य शास्त्र पाठ गर्नु पनि अशुभ मानिन्छ । यतिबेला ध्यान वा पुजा गर्नु राम्रो भएपनि बेद पाठ साँझमा गर्नु हुँदैन । बेदपाठ विहानको समयमा गर्नु उत्तम मानिन्छ । यसर्थः साँझको समयमा भोजन, यौन क्रिडा, निद्रा र बेद पाठ गर्नु हुँदैन ।